काठमाडौं । गोरखा अस्पतालमा उपचाररत ४४ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३३ पुगेको छ ।
गोरखा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा। नविन थापाले पालुङटार नगरपालिका वडा नं। ७ निवासीती पुरुषको शनिबार बिहान ५ बजेर ५ मिनेटमा मृत्यु भएको जानकारी दिएका छन् । उनमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन राति ९ः५५ बजे आइसोलसनमा राखेर उपचार सुरु गरिएको थियो । डा। थापाका अनुसार उनी डाइबिटीजको दीर्घरोगीसमेत थिए ।
असार १६ गते कतारबाट आएका उनलाई पालुङटारस्थित जीवनज्योति माविको क्वारेन्टिनमा राखिएको थियो । त्यहाँ लगातार खोकी लागेपछि स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो । स्वास्थ्य बिग्रिँदै गएपछि उनलाई जिल्ला अस्पतालको आइसोलेनमा लगिएको थियो ।