पोखरा । कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएकाको शव व्यवस्थापनमा स्थानीयले अवरोध गरेका छन् । बुधबार राति निधन भएका स्याङ्जा एक पुरुषको शव व्यवस्थापनका लागि पोखरा ३२ स्थित मजुवा लैजाँदै गर्दा स्थानीयले अवरोध गरेपछि प्रहरीसँग झडप भएको छ ।
मजुवामा शव व्यवस्थापन गर्न नदिने भन्दै घाट नजिकै टायर बालेर विरोधसहित अवरोध गर्दा झडपका क्रममा एक दर्जन प्रदर्शनकारी घाइते भएको बताइएको छ ।
स्थानियले प्रहरीटोली माथि ढुङ्गामुडा गरेपछि सो क्षेत्रमा तनाव उत्पन्न भएको हो ।
नेपाली सेनाले शव व्यबस्थापन गर्ने र पोखरा महानगरपालिकाले शव व्यवस्थापन स्थान खोज्ने सहमतिअनुसार महानगरले पोखरा ३२ मजुवा घाट तय गरेको थियो । जसअनुसार प्रहरील शव बाहनमा राखेर मृतकको शव घाटमा लगेको थियो ।
यसअघि पनि शव व्यवस्थापन गर्ने क्रममा पोखरामा झडप भएको थियो ।