काठमाडौँ । कालीकोटका करिब ४० यात्रु बोकेको टिपर कर्णाली नदीमा खसेको बताइएको छ । भारतबाट आएका कालीकोटवासीलाई क्वारेन्टाइनमा लैजाँदै गरेको ना ८ ख ५१३३ नम्बरको टिपर नदीमा खसेको प्रहरीले जनाएको छ ।
कालीकोटाको जिते बजारबाट उनीहरुलाई लिएर राकोट नगरपालिकाको क्वारेन्टाइनमा जाँदै गरेको टिपर कर्णाली करिडोर अन्तर्गत लालिगा भीरबाट नदीमा खसेको प्रहरीले जनाएको छ । घटनामा २ जनाको शव फेला परेको बताइएको छ ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थलमा पुगिसकेको र उद्दार कार्य भइरहेको बताइएको छ ।