वीरगञ्ज । पर्सां क्षेत्र नं. १ बाट निर्वाचित जनता समाजवादी पार्टीका संघीय सांसद प्रदिप यादवको पहलले नारायणी अस्पताल स्तरउन्नती हुदैँ अब देशकै नमुना अस्पताल बन्ने पक्का भएको छ ।
केन्द्रिय अस्पताल अन्तर्गत ५ सय बेडको आधुनिक नयाँ अस्पताल बनाउन बाधा परेको कानूनी दाउपेच हटेसंगै देशकै नमुना अस्पताल बन्ने पक्का पक्की भएको हो ।
करीब डेढ अर्ब रुपैयाँ लागतमा बनाउन लागिएको अस्पतालको ठेक्का कानूनी बाधा हटेसंगै अस्पताल बन्ने बाटो खुृलेको पर्सा क्षेत्र नम्बर एकका सांसद प्रदिप यादवले बताए । तत्कालिन शहरि विकास मन्त्री मोहमद ईस्तयाक राई र पर्साका चारवटै निर्वाचन क्षेत्र सांसदहरुको टोलिले केन्द्रिय अस्पताल बनाउन माग गरेका थिए । आफनै कार्यकालमा यस अस्पताललाई देशकै नमुना अस्पताल बनाउने लक्ष्य लिएर अगाडी बढेका सांसद यादवकै पहलमा तत्कालिन स्वास्थ्य मन्त्री उपेन्द्र यादवसंग उप–क्षेत्रीय अस्पतालबाट केन्द्रिय अस्पतालमा परिणत गराएका थिए ।
नेपाल सरकारको सार्वजनिक खरिद ऐन तथा नियमावलीमा २०७६ वैशाख ३० गतेको शंसोधनले मूल नियमको नियम ३१ (ङ) को (१) मा रहेको एक अर्बलाई दुई अर्ब कायम गरिएको थियो । सोहि शंसोधित नियमावली बमोजिम बोलपत्रको अन्तिम म्याद थपका लागी २०७६ साल जेठ २१ गते शंसोदित नियमावली बमोजिम बोलपत्र प्रस्ताव पेश गर्न सार्वजनिक सूचना समेत प्रवाह गरिएको थियो । उक्त सूचना प्रकासित हुने बितिकै उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंजमा मुद्दा दायर भएको थियो । जसले गर्दा टेण्डर रोकिएर प्रकृया प्रभावित भएको छ ।
सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयका ईन्जीनियर धिरेन्द्र यादवका अनुसार मुद्दा फर्छौयट गर्दै अस्थायी इजलास वीरगंजले दुबै पक्षको लिखित जवाफ २०७६ को असोज २५ गते सघन सहरी तथा भवन निर्माण आयोजनालाई निर्माण व्यवसायीलाई सार्वजनिक खरिद नियमवालि संसोधन हुनु अघि अनुसार नै बोलपत्र मुल्यांकन समाबेश गर्न परमादेश गरेको थियो । सोही अदालयतको आदेश बमोजिम उक्त एकमात्र बोलपत्रदातालाई मुल्यांकन कार्यमा समाबेश गरि मुल्यांकन गरिएको थियो ।
२०७६ को नियम ६० को बुदा (घ) बमोजिम एकमात्र बोलपत्रदाता पूर्णताको परिक्षणमा सफल हुन नसकेकोले बोलपत्र रद्ध भएको थिए । त्यहीँ रद भएको बोलपत्रलाई आज कानुनि प्रावधान हट्दै अदालतले प्रकृयागत रुपमा मिति २०७७ जेष्ठ १५ गते अर्थात आज बोलपत्र अव्हान गर्न आदेश दिइसकेको आयोजना कार्यालयका ईन्जीनियर यादवले जानकारी गराए ।
३ वर्ष भित्रमा निर्माण समपन्न गर्नुपर्ने ५ तल्लेको ३ वटा ब्लक बनाईने यस बिल्डीङ्गको पुन फाउण्डेशनलाई रिभ्यू गरिएको छ । पहिलाको डिजाईनलाई थोरै मोडिफाई गरेर अझै आधुनिकतालाई प्राथमिकता दिएको कार्यालयका ईन्जीनियर यादवले बताए ।
टर्सरी अस्पताल अञ्चल अस्पताल भन्दा माथिल्लोस्तरकै अस्पताल बन्न लागेको नारायणी अस्पताल नयाँ भवनमा एकसयवटा आधुनिक बेड सहितको शौचालय, व्यक्तिगत वार्ड, चिकित्सक वार्ड, अक्सिजन प्लान्ट, ७ वटा अपरेशन थिएटर, स्तरिय शौचालय, वाटर ट्रिटमेन्ट र ग्राउण्ड एरियामा रुख विरुवा सहितको निर्माण हुने योजनामा रहेको छ ।
१ सय बेडमा ३ वटा ब्लक, ३ हजार ३ सय स्क्वार मिटरको ग्राउण्ड एरिया रहेको ५ तल्ले बिल्डङ्गमा गार्डे्िनङ्ग रुखहरु रोप्ने लगायतको कामहरु हुनेछ । केन्द्रिय अस्पताल परिणतसंगै २ सय बेड चल्दै आएको अस्पताललाई तत्कालै ३ सय बेड सञ्चालन गराइएको थियो । कुल ५ सय बेड सञ्चालन हुने अस्पतालको दोस्रो बजेट तथा सरकारीस्तरमा मेडिकल कलेज सञ्चालनका लागी यहाँका राजनितिक दल केन्द्रसंग संघर्षरत छन् ।