वीरगंज/संघीय सरकारद्वारा कोरोना महामारीको अवस्था नेपालमा आएपछि वीरगंजको नारायणी अस्पताललाई अस्थायी कोरोना विषेश अस्पताल बनाउँदा चौतर्फी आलोचना गरेका वीरगंज महामनगरका मेयर विजय कुमार सरावगीले अहिले सो आलोचना किन गरेका हुन भनेर यथार्थ देखिएको छ ।
नारायाणी अस्पताललाई जनरल अस्पताल बनाएर वीरगंजमै रहेको नेकपाका महानगर अध्यक्ष रहबर अंसारीको गण्डक अस्पताललाई आर्थिक चलखेल गर्दै अस्थायी कोरोना विशेष अस्पताल अन्तर्गतको अस्पताल बनाउन त सफल भए तर यसमा मेयर सरावगीको नितान्त आर्थिक चलखेल भएको प्र्रष्ट रुपमा बुझिन्छ ।
कोरोना महामारीको यस्तो भयावह संकटको बेला पनि वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले वीरगंज महानगरबाहेका बाहेकका कोरोना संक्रमितलाई महानगरको कोभिन अस्पतालमा नराख्ने भन्दै आर्थिक चलखेल गरी कमाईधन्दा बनाउने दाउपेच लगाएका छन् ।
वीरगंज महानगरपालिकाको बजेट र स्थानीय केही दाताहरुको सहयोगले अस्थायी कोरोना अस्पताल(गण्डक) लाई संचालन गर्दै आइरहेको भएपनि मेयर सरावगीले सबैको अगाडी आफ्नो पैसा खर्च गरेको भन्ने गरेका छन् । यसको ज्वलन्त उदाहरण मेयर सरावगीले पोखरिया नगरपालिकाका मेयर दिपनारायण रौनियार (मन्टु) लाई गरेको फोनबाट प्रष्ट बुझिन आएको छ । किन की मेयर सरावगीले पोखरीयाका मेयर रौनियारलाई फोन गर्दा पटक पटक मैले मात्र सबै पैसा खर्च गरेको छु भन्ने गरेको शब्द बारम्बार सुन्न पाईन्छ ।
बिहीबार (हिजो) पोखरिया नगरपालिकाको चार जनामा कोरोना संक्रमण देखिएपछि मेयर सरावगीले पोखरीयाका मेयर दिपनारायण रौनियारलाई फोन गरेर आफ्नो कोरोनाको बिरामी लिएर जानुुस्, म अब यसको खर्च व्यहोर्न सक्दिन भनेर कि त आफ्नो एम्बुलेन्स पठाइदिनुस् न त कोरोनाको बिरामीको लागि सेनासंग भएको ३ वटा एम्लेन्समध्ये एउटामा चारै जनालाई हालेर पठाईदिने धम्की दिएका छन् ।
पोखरियाका मेयर रौनियारसंग कुरा गर्दै मेयर सरवागीले भने, ‘‘गण्डक हस्पिटल र सिद्धार्थ स्कुलमा बनाइएको आइसोलेसनको सबै खर्च आफूले नै व्यहोर्ने गरेको छु । संघीय र प्रदेश सरकारले केही पनि सहयोग दिएको छैन । आफू भिख मागेर जिन्दगी बिताउँन नसक्ने भन्दै मेयर सरावगीले पोखरिया नपाका मेयर रौनियारलाई आफ्नो बिरामी लैजान निर्देशन दिएका हुन । जबकी प्रदेश २ का मुख्यमन्त्रीले केही दिन पहिला वीरगंजको नाराणी अस्पतालमा कोरोना बिरामीको उपचारमा कमी हुन नदिन र उनीहरु स्वस्थय, पोशिलो तथा पौष्टिक आहार खान सकुन भने उदेश्यले अस्पतालका मेसु डा. मदन उपाध्यायलाई रु २५ लाखको चेक हस्तानान्तरण गरेका थिए ।
तर मेयर सरवागीले पोखरियाका मेयर रौनियारसंग कुरा गर्दै कोरोना उपचारमा खट््ने ७५ जना डाक्टरलाई खुवाउन र राख्न महानगरको प्रत्येक दिन १ लाख ५० हजार रुपैया खर्च भइरहेकोले यसमा मात्र मासिक ४५ लाख रुपैया खर्च भईरहेको बताएका छन् । त्यस्तै गणडक हस्पिटल र सिद्धार्थ स्कुलमा कोभिन अस्पताल संचालनमा रहेकोले त्यसमा पनि रु २५ लाखसम्म खर्च लाग्ने गरेको र १० लाख रुपयाँ हाबीजाबीमा लाग्ने भन्दै प्रत्येक महिना जम्मा ८०–९० लाख रुपैया खर्च भईरहेको बताएका छन् ।
मेयर सरावगीे कोरोना महामारीको बेला पनि अन्य पालिकाहरुसंग पैसाको बार्गेनिङ्ग गर्न वीरगंजको टाउन हलमा बैठक गर्नुको साथै चिठिको माध्यम र व्यक्तिगत फोन गरेर पनि पैसाको कुरा गरेको आफै स्वीकार गरेका छन् । मेयर सरावगीले दुई गाउँपालिकाले २५÷२५ लाख रुपैया दिएको पनि बताए ।
सरावगीले भने,‘‘जस जसले पैसाको बार्गेनिङ्ग गर्छ उसको पालिकाको मात्र कोरोना बिरामीलाई हामीले राख्ने छौ । मेरो कुरामा कसैले पनि ध्यान नदिएको भनेर मेयर रौनियारलाई धम्काउँदै उनले आगो लागेपछि आगो निभाउन दमकल पनि पछि नमिल्ने त्रास देखाए ।’’
स्मरण रहोस् संघीय सरकारले आफ्नो सम्पूर्ण खर्चबाट अस्थायी कोरना अस्पताल नारायणीलाई बनाएपछि यसको सम्पूर्ण जेनेरल सेवाहरु बन्द गरि नेशनल मेडिकल कलेजलाई सरकारी दर रेटमै उपचार गर्न निर्देशन समेत दिएको थियो । तर नेशनल मेडिकल कलेजले सम्पूर्ण सेवाहरु नियमित रुपमै प्रदान गरे तापनि सो मेडिकल कलेजलाई बदनाम गराउन केही मेडिकल माफियाहरु नै लागेका थिए ।
यस विषयमा पोखरियाका मेयर दिपनारायण रौनियारसंग बुझ्दा अस्थायी कोरोना अस्पताल नारायणी भनेको वीरगंज महानगरको मात्रै नभई सम्पूर्ण नागरिकको भएको हुनाले यसमा मेयर सरावगीको एकलौटी निर्णयले केही नहुने र आफूले आफ्नो नगरपालिका अन्र्गत गर्न सक्ने क्वारेनटाइन निर्माण गरेको र आइसोलेशनको लागि मात्र अस्थायी कोभिन अस्पताल नारायणीमा पठाउने गरेको बताए ।