वीरगञ्ज । भारत विहार राज्यको पूर्वी चम्पारण जिल्ला प्रशासनका कर्मचारीले आफ्ना नागरिक जिम्मा लिए पछि नेपाल सरकारले पनि भारतका विभिन्न राज्यबाट नेपाल फर्किने क्रममा सीमावर्ती रक्सौलको क्वारेन्टाइनमा रहेका २ सय २२ नेपाली नागरिकलाई बुधबार वीरगन्ज ल्याइने तैयारी गरिएको छ ।
भारतका विभिन्न राज्यबाट नेपाल फर्किने क्रममा सीमावर्ती रक्सौलको क्वारेन्टाइनमा रहेका २ सय २२ नेपाली नागरिकलाई बुधबार वीरगन्ज ल्याइने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
त्यसमध्ये पर्साका ४२ जना, पश्चिम रुकुम र बाराका २३्२३ जना लगायत २५ जिल्लाका बासिन्दा छन् ।
‘नेपालको २५ जिल्लाका २ सय २२ नागरिक रक्सौलको क्वारेन्टाइनमा छन्,’ सहायक प्रजिअ बस्नेतले भने, ‘सबैलाई बुधबार वीरगन्ज ल्याइने छ ।’ जुन जिल्लाले आफ्ना बासिन्दा पठाइ दिउ भन्छन्, उनीहरुलाई हामी पठाइदिन्छौं, बाँकीलाई यहाँको क्वारेन्टाइनमा राखिने छ ।