काठमाडौं । गुल्मीका कोरोना संक्रमितको अवस्था गम्भीर रहेको रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालले जनाएकोछ ।
उनको मृत्यु भएको समाचार प्रकाशित भएपछि अस्पतालले त्यसको खण्डन गर्दै भेन्टिलेटर कक्षमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको विज्ञप्तिमार्फत जानकारी दिएको हो ।
अस्पतालले गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ६ का ४१ वर्षीय पुरुष एक हप्तादेखि ज्वरो तथा टाउको दुखाइको समस्या लिएर अस्पतालमा आएपछि उपचार भइरहेको विज्ञप्तिमा जनाएको छ ।
सोही क्रममा कोरोनाको आशंकामा वैशाख २ गते प्रादेशिक जनस्वास्थ्य प्रशोगशालामा नमुना पठाइएकोमा उनमा जेठ ५ गते आएको रिपोर्टमा कोरोना पुष्टि भएको थियो ।
(नोट ः अस्पताल स्रोतले बताए अनुसार कोरोना भाइरस ९कोभिड(१९० संक्रमणबाट गुल्मीका ४१ वर्षीय पुरुषको रुपन्देही, मणिग्रामस्थित क्रिमसन अस्पतालमा मृत्यु भएको खबर यसअघि प्रकाशित गरिएको थियो । तर अस्पतालले उनको मृत्यु नभएको र अवस्था भने गम्भीर रहेको जनाएको छ । यसअघि प्रकाशित समाचारले सम्वन्धित व्यक्ति, परिवार र पाठकवर्गमा पर्न गएको मर्काप्रति क्षमायाचना गर्दै समाचार हटाइएकोछ । सं. )