गुल्मी । विश्वव्यापी महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) लाई मध्यजनर गर्दै गुल्मी जिल्ला प्रशाासनले बिहीबारदेखि गुल्मीलाई पूर्ण रुपमा सिल गर्ने भएको छ ।
कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै बिहीबार बिहान ६ बजेदेखि लागू हुने गरि जेठ ५ गतेसम्मका लागि जिल्लाई पूर्ण रुपमा सिल गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माद्वारा जारी सूचनामा उल्लेख छ ।
आज तम्घासमा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको बैठकले गुल्मीलाई पूर्ण रुपमा सिल गर्ने निर्णय गरेको बताइएको छ ।
प्रदेश पाँच अन्र्तगतका जिल्लाहरुमा कोरोना भाईरसको संक्रमणको उच्च जोखिम देखिए पछि जिल्लामा संक्रमण हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै संक्रमण रोकथामका लागि जिल्लाका सिमानाहरुमा मानिसहरुको आवतजावत पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको बताइएको छ ।
एम्बुलेन्स, शव वाहन, मृत्युसंकार, विद्युत, संचार, खानेपानी, औषधी र इनधन बोक्ने सवारी बाहेक अन्य सबै प्रकारका सवारी साधनहरुको आवागमन पूर्ण निषेध गर्ने निर्णय गरिएको शर्माले बताएका छन् ।
दैनिक अत्यावशक उपभोग्य वस्तुहरुका पसलहरु अनिवार्य रुपमा हात धुनको लागि साबुन पानि र सामाजिक दुरी कायम गरी प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो १ ः ०० बजेसम्म मात्र सञ्चालन गर्ने निर्णय भएको बताइएकाो छ ।