काठमाडौं । एनएमबि बैंकले बिहीबार प्रदेश १ सरकारलाई चिकित्सकका लागि आवश्यक व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) हस्तान्तरण गरेको छ । एनएमबि बैंक प्रदेश १ का प्रमुख उत्सव घिमिरेले कोभिड–१९ विरुद्घको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकका लागि आवश्यक १०० थान गुणस्तरयुक्त व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई मुख्यमन्त्री कार्यालय, बिराटनगरमा हस्तान्तरण गर्नु भएको हो ।
सो कार्यक्रममा मन्त्रीहरु तथा उच्चस्तरीय पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कोभिड–१९ बाट मुलुकमा सबैभन्दा बढी प्रभावित समुदाय÷व्यक्तिलाई सहयोग पु¥याउने उद्देश्यका साथ एनएमबि बैंकले देशभरका शाखा र प्रादेशिक तहमा विभिन्न प्रकारका योगदानहरु आरम्भ गरेको जनाएको छ ।
‘यस महामारी विरुद्घको अभियानमा सरकारको पहलकदमीमा हामी पनि सरिक छौं’ बैंकका प्रदेश प्रमुख घिमिरेले भने ।