काठमाडौं । अत्यावश्यक खाद्यान्न सामग्री बोकेर तारा एयर हुम्ला पुगेको छ । नेपाल खाद्य संस्थानको करिब १।५ टन खाद्यान्न बोकेर तारा एयरको ट्वीनअटर डीएचसी ६–३०० जहाज सिमिकोट गएको बताइएको छ ।
दुर्गम जिल्ला र सडक यातायातले नछोएको जिल्लामा जहाजबाटै खाद्यान्न पुर्याउनु पर्ने बाध्यतालाई तारा एयरले सहयोग पुर्याएको छ ।
सरकारले लकडाउन अवधिभर नियमित आन्तरिक तथा बाह्य उडान रोके पनि अत्यावश्यक वस्तुको आपूर्ति, मेडिकल उडान, विरामी तथा पर्यटकहरुको उद्दारका लागि जहाज तथा हेलिकोप्टरहरु उड्न दिएको छ । तारा र यति एयरले यसअघि देशका विभिन्न भागमा अलपत्र परेका पर्यटकहरुलाई काठमााडौं ल्याएको थियो ।