झिमरुक । प्यूठान नगरपालिकाले वडा न ७ मा रहेका अति विपन्न तथा अशक्त ३६ घर परिवारलाई वडा कार्यालय मार्फत खाद्यन्न वितरण गरेको छ । दैनिक ज्यालादारी गरेर गुजारा चलाउन ती परिवारलाई १५ दिनसम्म पुग्ने खाद्यान्न सामाग्री वितरण गरेको वडा अध्यक्ष नेत्र केसीले बताउनुभयो ।
लकडाउनका कारण काममा जान नसक्ने परिवार छनौट गरी चामल, दाल, नुन, तेल लगाएतका खाद्यन्न सामाग्री वितरण गरिएको थियो । नगर प्रमुख अर्जुन कुमार कक्षपतिले विदेशबाट गाउँ फर्किएका नागरिक अनिवार्य क्वारेन्टाइनमा बस्न आग्रह गर्नुभयो । उहाँले कोरानो भाइरसको सम्भावित जोखिम हुन नदिन घरभित्रै रहन र कुनै समस्या भएमा नगरपालिकामा सम्पर्क गर्न आग्रह समेत गर्नुभयो ।
(रासस)