काठमाडौं । बलात्कार आरोप लागेका संघीय प्रहरी इकाइ कार्यालय धरानमा कार्यरत एसएसपी शौरभ राणाले जिल्ला प्रहरी कार्यालय सुनसरीमा आत्मसर्पण गरेका छन् ।
सुनसरीका प्रहरी प्रमुख एसपी यज्ञराज पोखरेलका अनुसार उनी आज विहान जिप्रकामा आएका हुन् ।
झापाकी एक महिलाले राणाविरुद्ध बिहीबार जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गर्ने तयारी गरेको थियो ।
इटहरीको एक होटलमा एसएसपी राणाले आफूलाई जबर्जस्ती करणी गरेको ती महिलाको आरोप छ । महिलाको धरानकै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरिएको र अब अनुसन्धान अघि बढाउने एसपी पोखरेलले बताएका छन् ।