चीन । चीनमा फैलिएको खतरनाक कोरोना भाइरसका कारण १ सय ६ जनाको मृृत्यु भइसकेको छ भने ४५ सय संक्रमित भेटिएका छन् ।
वुहान शहरमा मात्रै मृत्यु हुनेको सख्या ७६ पुगेको छ । राजधानी बेइजिङमा पनि पहिलो पटक संक्रमणका कारण एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुने अधिकांश बढी उमेरका र पहिले देखिकै श्वासप्रश्वासका समस्या भएकाहरु रहेको बताइएको छ । पहिलो पटक सो भाइरस फैलिएको वुहान शहरमा आवतजावतमा प्रतिबन्ध लगाइएको छ भने अरु शहरमा पनि यात्रामाथि थप कडाइ गरिएको छ ।
संक्रमण बढ्दै गएपछि लुनार नयाँ वर्षको विदा पनि तीन दिन लम्ब्याइएको छ । सांघाईमा माघ १० गतेसम्मका लागि सम्पूर्ण व्यवसाय बन्द गरिएको छ ।
जर्मनी, अमेरिका र अष्ट्रेलियालगायतका १६ देशमा समेत फैलिएको संक्रमणबाट ४४ जना संक्रमित भएका छन् ।
यो भाइरसको हालसम्म कुनै विशेष उपचार र खोप पत्ता लागेको छैन ।
नेपालमा पनि यो भाइसरबाट संक्रमित दुई जना भेटिएका छन् ।

























