चितवन । ईन्जिनियर तथा समाजसेवी धर्मराज पोखरेलले धुर्मुस सुन्तली फाउण्डेशनलाई आर्थिक सहयोग गरेका छन् । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका पोखरेलले फाउण्डेशनका लागि एक लाख एघार हजार एक सय एघार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।
ईन्जिनियर पेशा अंगालेर समाजसेवामा महत्वपूर्ण स्थान बनाएका पोखरेलले शनिबार चितवनस्थित धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पुगेर फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका छन् । सरकारले समेत आँट गर्न नसकेको काम एउटा कलाकारले गर्दा हौसलाका लागि आर्थिक सहयोग गरेको पोखरेलले बताए ।
पोखरेलले यसअघि ज्येष्ठ नागरिक जिल्ला संघ खोटाङलाई २५ हजार, हलेसी साईनो स्टार रियालिटी सो का लागि ३३ हजार ३ सय ३३ रुपैयाँ आर्थिक सहयोग गरेका थिए । ईन्जिनियर पेशामा आवद्ध पोखरेल समाजसेवा, गायन, मोडलिङ, राजनीतिमा सक्रिय छन् ।