वीरगन्ज । प्रथममेयर रनिङ्गशिल्ड शिद्धार्थ माध्यमिक विद्यालयले जितेको छ । दुई दशक पछि वीरगन्जमा माघ ६ गतेदेखि सुरुभएको मेयरकप रनिङ्गकप प्रतियोगीता एक कार्यक्रमबिच बिजयी खेलाडिहरुलाई मेडल तथा शिल्ड बितरण गर्दै शनिबार सम्पन्न भएको हो ।
वीरगन्ज महानगरपालिकाको आयोजनामा वीरगन्जको नारायणी रंगशालाखमा सुरुभएको प्रथम मेयर रनिङ्गकपका बिजयी खेलाडिहरुलाई कार्यक्रमका प्रमुख अतिथि संघीय सासद प्रतिप यादव, नगर प्रमुख बिजय कुमार सरावगी एकव कार्यक्रममा सहभागी अतिथिहरुले बितरण गरेका थिए ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद यादवले लगभग दुइ दशकपछि वीरगन्ज महानगरपालिकाले सुरुगरेको विद्यालय स्तरिय उक्त प्रतियोगीताले खेलप्रेमि युवाहरुलाई उत्साहित बनाएको धारण व्यक्त गर्नुभयो ।उहाले खेल विद्याथीहरुको मान्सिक बिकासको लागी अनिवार्य बिषय भएको बताउदै महानगर पालिएकाले आयोजना गरेका मेयर रनिगं शिल्डप्रतियोगिताले विद्यालयका छात्र–छात्राहरु बिच नया उर्जा उत्पन्न गरेको बताउनु भयो ।सांसद यादवले जिर्ण अवस्थामा पुगेको नारायणी रगंशालाको बारेमा आफुले संसदमा आवाज उठाएपछि अर्थमान्त्रालयले ६करोड रुपैया रगशाला निर्माणको लागी र २करोड रुपैया कबलहल निमार्ण गर्नको लागी छुट्याइ सकेतको बताउदै आउने बर्ष यो रगंशाला चक चक हुन विश्वास व्यक्त गर्नुभयो ।उहाले नगर प्रमुखको सक्रियतामा सुरुभएको उक्त प्रतियोगीतालाई अझ व्यवस्थित गर्दै महानगरपालिकाले निरतर्ता दिने विश्वास व्यक्त गर्नुभयो । नेता यादवले महानगरपालिकासंग सहकार्य गर्दै समुदायीक विद्यालयहरुका छात्र–छात्राहरुको खेलकुदको विकासको लागी आवश्यक आर्थिक सहयोग प्रदान गर्न आफु त्यार रहेको कार्यक्रममा प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
सभालाई सम्बोधन गर्दै सांसद यादवले दुई दशक देखि अवरुद्ध भएको विद्यालय स्तरिय खेलकुद प्रतियोगितालाई महानगरपालिकाले सुरु गरी सराहनीय कार्य गरेको बताउनु भयो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख बिजय कुमार सरावगीले आउने वर्ष देखि महानगरपालिका भित्र रहेका सबै सामुदायिक तथा संस्थागत विद्यलायहरुलाई प्रतियोगितामा समावेश गराउदै राष्ट्रका लागि उत्कृष्ठ खेलाडी उत्पादनमा सहयोग पु¥याउने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाले आगामि बर्षदेखि खेलकुदको लागी डेढ कारोड बजेट छुट्याएर मेयर रनिगंशिल्ड प्रतियोगीताको माध्यमबाट फुटबल,भलिबल,क्रिकेट लगायत विभिन्न खेलको महानगरपालिकाले टिम तैयार गरेर खेलको बिकास गर्ने बताउनु भयो ।कार्यक्रममा स्वागत मन्तव्यक्त व्यक्त गर्दै वीरगन्ज महानगरपालिका शिक्षा माहाशाखाका प्रमुख अरबिन्दलाल कर्णले स्थास्थ्यको लागी खेलकुद,राष्ट्रको लागी खेलकुद भन्ने नाराका साथसुरु गरिएको यो प्रतियोगीतालागी आगामि बर्षदेखि शैक्षिक कलेन्डमै राखेल गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।उहाले महानगरपालिकाले मेयर कप टि २० अन्डर नाइटिन रनिगं क्रिकेट टुर्नामेन्ट र फुटबलेका टुर्नामेन्ट गराउने महानगरपालिकाले लक्ष्य राखेका जानकारी गराउनु भयो ।
समापन्न कार्यक्रममा बिजय खेलाडिहरुलाई ,समन्वय समिती पर्साका अध्यक्ष नेकमहमद अंसारी,पर्साका प्रमुख जिल्ला अधिकारी जितेन्द,उपमेयर शुश्रीशान्ति कार्कि,प्रहरी उपरिक्षक सोमेन्द्र सिश राठौर एवम शिक्षक महासघका पदाधिकारी ,वीरगन्ज महानगरपालिकाका वडा अध्यक्ष,,विद्यालयका प्रधानाध्यापक लागयत कार्यक्रममा सहभागी पदाधिकारीहरुले बिजयी खेलाडीहरुलाई मेडल,शिल्ड तथा प्रमाण पत्र बितरण गरेका थिए ।
समापन कार्यक्रममा सहभागी महानगरपालिका भित्र रहेको १८ वटा सामुदायिक विद्यलाय र १५ वटा संस्थागत विद्यलायका भोलिबल, कबडडी र एथ्लेटिक्सका ११ गरी कुल १४ स्वर्णका लागि ३ सय भन्दा बढी छात्र छात्रा प्रतिस्प्रधामा उत्रिएका आयोजक समितिका संयोजक अर्विन्दलाल कर्णले जानकारी दिनुभयो ।