हेटौंडा । मकवानपुरको थाहा नगरपालिका–४ सिमभञ्ज्याङस्थित एभरेष्ट पानोरमा रिसोर्टमा बेहोस अवस्थामा भेटिएका ८ जना भारतीय नागरिकको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको छ ।
हेलिकप्टरबाट उपचारका लागि काठमाडौंको ह्याम्स अस्पताल पुर्याइएका उनीहरुलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रहरीका अनुसार मृत्यु हुनेहरुमा भारत केरला बस्ने बर्ष ३८ को रन्जित कप, बर्षकी ईन्द्र, वर्ष ३७ को प्रबिण, वर्ष ३२ की सरिया, बर्ष ५ को अभी, वर्ष ७ की अर्चना, वर्ष ५ को बैशनव र वर्ष ९ की बन्द्रा कप रहेका छन् ।
पोखरा घुमेर दामन घुम्न आएका उनिहरुको समूहमा १५ जना रहेको थियो । उनीहरु बा।३ क। ३६८८ नं। को बस भाडामा लिएर दामन आएका थिए । १५ जना ४ वटा रुममा बसेका थिए ।
उनीहरु बिहान ८ बजेसम्म नउठेपछि सँगै आएका साथीहरुले खोजी गर्दा कोठामा बेहोस अवस्थामा फेला परेका थिए ।
उनीहरुको कोठामा हिटर बलिरहेको थियो । झ्यालढोका बन्द गरेर हिटर बालेका कारण निस्सासिएर उनीहरुको मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ ।