विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेत्रधन राईले मन्त्रिपरिषद् विस्तार गर्दै चार राज्यमन्त्री नियुक्त गरेका छन् ।
ओखलढुंगाका अम्बिर गुरुङ, इलामका रामबहादुर मगर, झापाकी जसमाया गजमेर र मोरङका विजयकुमार विश्वासलाई राज्यमन्त्री नियुक्ति भएका हुन् ।
गजमेरलाई सामाजिक विकास, गुरुङलाई भौतिक पूर्वाधार, मगरलाई भूमि कृषि तथा सहकारी र विश्वासलाई पर्यटन राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।
प्रदेश सरकार गठन भएको दुई वर्षसम्म भौतिक योजना तथा पुर्वाधार विकास र भूमि, कृषि तथा सहकारी मन्त्री नियुक्त हुन सकेको छैन । दुबै मन्त्रालय मुख्यमन्त्री राईले आफूसँगै राखेका छन ।
शनिबार मात्र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को प्रदेश कमिटीले मन्त्री नियुक्त गर्न निर्देशन दिएको थियो । तर मुख्यमन्त्री राईले भने मन्त्री पद रिक्त राखेर राज्यमन्त्री मात्र नियुक्त गरेका छन् ।
योसँगै प्रदेश एकको मन्त्रिपरिषद् सदस्य संख्या ९ पुगेको छ । नवनियुक्त राज्यमन्त्रीहरुले आजै सपथ लिएका छन् ।