काठमाडौँ । सार्वजनिक बसमा अश्लिल हर्कत गर्ने युवकलाई प्रहरीले एक वर्ष पछि पक्राउ गरेको छ । प्रहरी महाशाखाको टोलीले चितवन भरतपुर घर भई बानेश्वर बस्ने रविन सार्की भन्ने रविन रुचाललाई सोमबार चितवनबाट पक्राउ गरेको बताएको छ । ।
एक वर्षअघि डल्लु–लगनखेल रूटमा चल्ने बसमा एक युवाले हस्तमैथुन गर्दै अघिल्लो सिटमा बसेकी महिलाको कपालमा विर्य स्खलन गरेको भिडियो सार्वजनिक भएको थियो ।
भिडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा भाइरल भएको थियो भने युवतीहरूको एक समूहले महाशाखा पुगेर सार्वजनिक यातायात महिलाको लागि सुरक्षित नभएको भन्दै अश्लिल हर्कत गर्ने युवालाई पक्राउ गरेर कडा कारवाही गर्न माग गर्दै निवेदन दिएका थिए ।
ती युवालाई पत्ता लगाउन महाशाखाले फेसबुक मुख्यालयसँग समेत सहयोग मागेको थियो ।
प्रहरीकाअनुसार रुचाल काठमाडौंमा रिक्सा चलाउने काम गर्थे । उनले सामाजिक सञ्जालमा विभिन्न ग्रुप बनाएर यस्तै अश्लील भिडियोहहरु अपलोड गर्ने र भ्यूअरको आधारमा पैसा कमाउने सोचले यस्तो हर्कत गरेका थिए ।
भिडियो भाइरल भएसँगै सामाजिक सञ्जालमा धेरैले आलोचना गर्नुका साथै प्रहरीले खोजी शुरु गरेपछि उनी २०१९ फेब्रुअरीमा भागेर भारतको दिल्ली पुगेका थिए । त्यहाँ करिव ३ महिना मःम प्याक्ट्रीमा काम गरेर कश्मीर पुगेका थिए । त्यहाँबाट ४ महिना बसेपछि चितवन फर्किएको प्रहरीले जनाएको छ ।