दाङ । प्रथम शहीद लखन थापाको सम्झनामा घोराहीमा आगामी फागुनमा रनिङ शिल्ड फुटबल प्रतियोगिता हुने भएको छ । नेपाल मगर सङ्घ दाङको अयोजनामा फागुन २ गतेदेखि जिल्लाकै ठूलो धनराशिको फुटबल प्रतियोगिता हुन लागेको सङ्घले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुने टोलीले रु एक लाख ११ हजार १११ पुरस्कार, शिल्ड र प्रमाणपत्र तथा दोस्रो हुनेले टोलीले रु ५५ हजार ५५५ पुरस्कार, शिल्ड र प्रमाणपत्र प्राप्त गर्ने सङ्घले जनाएको छ ।