काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल भ्रमणबर्ष २०२० को सफलताको शुभकामना दिएकी छिन् । सामाजिक सञ्जाल ट्वीटरमा राजदूत यान्छीले इतिहास, विविधता र प्रकृतिका कारण सुन्दर नेपाल घुम्न लायक रहेको उल्लेख गरेकी छिन् ।
राजदूत यान्छीले नेपालका सांस्कृतिक सम्पदा परिसरमा खिचिएका निकै राम्रा तस्विर ट्वीटमा पोष्ट गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईलाई मेन्सन गरेकी छिन् ।
राजदूत यान्छी यसअघि नेपाली महिलाहरुको महान चार्ड तीजमा साडी, चोलो लगाएर नेपाली महिलाहरुसँग छमछमी नाचेकी थिइन् ।