काठमाडौं । बलात्कार आरोपमा मंसिर १८ गते पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई ३ लाख धरौटीमा रिहा गर्न जिल्ला अदालत सुनसरीले आदेश दिएको छ ।
थुनछेक बहशपछि जिल्ला अदालत सुनसरीले गिरीलाई ३ लाख धरौटीमा छाड्न आदेश दिएको हो । जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलाशले उनलाइ धरौटीमा छाड्न आदेश दिएको हो । गिरीविरुद्ध उनकै एक महिला अनुयायीले बलात्कार आरोप लगाएकी थिइन् ।
पीडित महिलाले प्रहरीमा उजुरी दिएपछि गिरी विराटनगरस्थित अस्पतालमा भर्ना भएका थिए । अस्पतालबाटै पक्राउ परेका गिरी त्यसपछि पनि अस्पतालमै वस्दै आएका थिए ।