काठमाडौं । भारतका तान्त्रिक बाबाको चाहना अनुसार नेपाली युवती (मोडल) लाई बलिदिने योजना असफल भएको छ । विराटनगरबाट जोगवानीको नाकामा लुगा किन्न जाने भनेर सिमा कटाउने र भारतीय भूमिमा लगेर बलिदिने योजना नेपाल प्रहरीले असफल भएको छ भने त्यस घटनामा संम्लग्नमध्ये प्रहरीले सात जनालाई नियन्त्रणमा लिन सफल भएको छ ।
माशांहारी भए नभएको र रजस्वलाको समेत प्रश्न राख्दै डकुमेन्ट्री बनाउने भनेपछि शंका लागेर एक युवतीले प्रहरीलाई खबर गरेकी थिइन् । काठमाडौंमा मोडलिङमा सक्रिय युवतीलाई उनीहरुले डकुमेन्ट्रिका लागि भन्दै विराटनगर जान तयार पनि बनाएका थिए । ती मोडललाई उनीहरुले शरिरमा घाउँ चोट, शल्यक्रिया गरे÷नगरेको र महिनावारी भए÷नभएको, माछामासु खाए÷नखाएको लगायतका अनावश्यक प्रश्न गरेपछि ती मोडललाई शंका लागेर प्रहरीलाई खबर गरेकी थिइन् । उनले प्रहरीलाई खबर गरेकाले नै उनी बाच्न सफल भएकी छिन्भने त्यस्ता कार्यमा संलग्नहरु समेतपक्राउ परेका छन् ।
काठमाडौंमा मोडलिङ गर्ने ती युवतीलाई सुरुमा काठमाडौंमा एउटा भिडियोमा मोडलिङ र त्यसपछि विराटनगरमा मोडलिङ गर्नुपर्ने प्रस्ताव आएको थियो । पौष ७ गते बुद्ध एयरबाट बिराटनगर लगिएकी मोडललाई बिराटनगरको कालिमन्दिरको धर्मशालाको कोठा नंम्बर २०५ र ६ बुक समेत गरिएको थियो । कोठा बुक गरेपछि योजनामा संम्लग्नहरुले युवतीको उचाइको नाप लिएका थिए । उचाइको नाप लिने क्रममा युवतीलाई महिनावारी भए÷नभएको, शरीरमा घाउँचोट लागे नलागेको र शल्यक्रिया गरे नगरेको जस्ता प्रश्न गरेपछि युवतीले शंका लागेर आफन्तहरुलाई खबर गरेकी थिइन् ।
ती युवतीलाई फकाउने र फसाउने कार्यक्रममा संलग्नहरु नवलपरासी कावासोतीका कृष्ण तामाङ, सप्तरी राजविराजका उमेश साह, दाङ घोराहीकी दिलकुमारी बुढामगर, मोरङ विराटनगरका दिलिप पोदार, धादिङ झार्लाङका प्रेमा तामाङ र सुनसरीका रंजितकुमार चौधरीलाई प्रहरीले पक्राउ गरेर बिहीबार सार्वजनिक गरेको हो ।
महानगरीय प्रहरी परिसरले पत्रकार सम्मेलनमा पक्राउ परेका व्यक्तिहले बलि दिने योजनाले विराटनगर हुँदै तान्त्रिक पूजा गराउन भारतको बिहारसम्म पु¥याउने योजना अघि बढाएको पाइएको प्रहरीले जनाएकोछ ।
प्रहरीले पत्रकार सम्मेलनमा घटनाको प्रारम्भिक अनुशन्धानमा देखिएको कुरा सार्वजनिक गरेको छ । घटनाका मुख्य योजनाकार दीलिप पोदारलाई भारत विहारको मन्दिरको तान्त्रिक बाबाहरुले विभिन्न व्यक्तिहरुलाई मोटो रकम पैसा दिई सो कार्यमा संलग्न देखिएकाले प्रेममाया र कृष्णले ५ लाख पाउने आश्वासन पाएको र अरुले समेत राम्रो रकम पाएकाले बोर्डर पार गराउने तर्फ लागेको देखिएको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।