काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौं, अपराध महाशाखाको टोलीले काठमाडौंको बाँसबारीमा सयभन्दा बढी शंकास्पद चिनियाँ नागरिकहरुलाई नियन्त्रणमा लिएको छ । तीन वटा घरहरूमा चिनियाँ नागरिकहरु शंकास्पद रुपमा आवतजावत गरेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । आकस्मिक रुपमा छापा मारेर ८६ जना चिनियाँ नागरिक तथा उनीहरुले प्रयोग गरिरहेको ल्यापटप, मोवाइल तथा विद्युतीय उपकरण नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
गत भदौमा बैंक ह्याकिङमा संम्लग्न चिनियाँहरु पक्राउ परेका थिए । उनीहरु पनि त्यस्तै गैरकानूनी काममा संलग्न गिरोह हुन सक्ने आशंका प्रहरीको छ । प्रहरीले अनुशन्धान पश्चात उनीहरुलाई सार्वजनिक गर्ने जनाएको छ ।
पर्यटक भिसामा आएर बसेका उनीहरु कस्तो गैरकानुनी गतिविधिमा संलग्न रहेका छन् भन्ने बारेमा प्रहरीले खुलाएको छैन । पक्राउ पर्नेमा महिला र पुरुष दुबै रहेका छन् ।