काठमाडौं । उपरथी दर्जामा पदोन्नति भएका सैनिक सचिव विभागका सहायक रथी निर्मलकुमार थापालाई आइतबार जंगी अड्डामा आयोजित एक विशेष समारोहका बीच प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।
मन्त्रिपरिषद्को २०७६ मंसिर ३० गतेको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएका थापालाई श्री राष्ट्रिय सुरक्षा परिषद सचिवालयको सह–संयोजकको जिम्मेवारी दिईएको नेपाली सेनाले जनाएको छ । उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको समेत उपस्थिती रहेको थियो ।