कञ्चनपुर । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलौरी नगरपालिका ४ पानीटंकी बस्ने २२ वर्षीय अनिल ऐरीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
ऐरीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय वेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।