बर्दिया । गेरुवा गाउँपालिका ५ पशुपतिनगरस्थित गाउँपालिकाको परिसरभित्र प्रहरी चौकी पशुपतिनगरको लागि नवनिर्मित भवनको शनिबार उद्घाटन भएको छ । गेरुवा गाउँपालिकाको १९ लाख रुपैयाँ आर्थिक सहयोग र जनश्रमदानबाट नवनिर्मित उक्त एक तले पक्की भवनमा ३ वटा कोठा रहेका छन् ।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेको प्रमुख आतिथ्यता तथा जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाको बिशिष्ट आतिथ्यमा सम्पन्न उदघाटन कार्यक्रममा गेरुवा गाउँपालिकाका जनप्रतिनिधिहरु, स्थानीय संचारकर्मी लगायत स्थानीय भद्रभलाद्मीहरुको उपस्थिति रहेको थियो ।