वीरगन्ज । तराईमा चलेको सितलहरलाई मध्यनजर गर्दै घर घरमै पुगेर नगर प्रमुख बिजयकुमार सरावगीले कमबल वितरण गरेका छन् । आइतबार साझ वीरगन्ज महानगरपालिकाको सुगौली र उदयपुर घुर्मी गाउमा पुगेर उनले कम्बल बाँढेका हुन् ।
एकल महिला, आर्थिक अवस्था कमजोर भएका दलित, जनजाती तथा मुस्लीम समुदायका व्यक्तिहरुको घरघरमै चिसोबाट जोगीन सल्लाह दिँदै नगर प्रमुख सरावगीले कम्बल बाढेका हुन् । वीरगन्जका व्यापारी एवम् समाजसेवी राम सर्राफले व्यवस्थापन गरेका लगभग ढेड सय कम्बल नगर प्रमुख सरावगीले वितरण गरेका हुन् ।
उनले आफु जनताकै मतबाट चुनिएकोले जनताको हरेक सुख दुःखमा जनताकै साथमा रहने अभिप्रायले चिसोलाई मध्यनजर गर्दै कम्बल बितरणसंगै भविष्यमा गर्ने सहयोगको बारेमा जनताको घरदैलोमा पुगेको बताए ।
कम्बल बितरण कार्यमा उनीसंगै समाजसेवी राम सर्राफ, पार्टीका स्थानीय नेता ग्यासुद्दिन मिया, राजनैतिक सल्लाहकार मुकेश द्धिवेदी, युवा नेता पिन्ट उपाध्याय, अनुज गुप्ता, असलम अंसारी, बिद्यार्थी नेता अमरनाथ शर्मालगायत स्थानीय बुद्धिजिवि तथा समाजसेवीहरुको सहभागीता रहेको थियो ।