संखुवासभा । मादी नगरपालिका वडा नम्बर ५ को वडा कार्यालयमा गए राति आगजनी भएको छ । चतनाथ दाहालको घर भाडामा लिएर सञ्चालन गरिएको वडा कार्यालयमा भएको आगलागिबाट सम्पूर्ण कागजातहरु नष्ट भएको मादी नगरपालिकाका प्रमुख बिदुर लिङ्थेपले बताएका छन् ।
वडा कार्यालय मात्र होइन सडक निर्माणको क्रममा रहेको डोजरमा समेत आगजनी भएको छ । वडा कार्यालयमा कस्ले र किन आगजनी गर्यो भन्ने कुनै कारण खुल्न नसकेको नगर प्रमुख लिङ्थेपले बताएका छन् ।
वडा कार्यालयमा आगजनी भएकै समयमा मादी भित्रीने सडक निर्माणको कामका लागि राखिएको डोजरमा पनि आगलागी भएको छ । सगरमाथा कन्स्ट्रक्सन कम्पनीको क्याट डोजरमा आगो लगाईएको हो । उक्त डोजर बज्रगुरु कन्स्ट्रक्सनले भाडामा ल्याएर चलाउँदै आएका थिए । डोजरसँगै एउटा बाइकपनि जलेर नष्ट भएको बताइएको छ । आगजनीमा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।