काठमाडौं । साग महिला फुटबलको फाइनलमा नेपाली महिला फुटवल टोली भारतसँग २–० ले पराजित भएसँगै नेपाली राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षक हरि खड्काले पदबाट राजीनामाको घोषणा गरेका छन् ।
नेपालले तेस्रो पटक रजतमा चित्त बुझाउनु परेको छ । गोल्डको टार्गेट पुरा गर्न नसकेकाले नैतिकताका आधारमा मुख्य प्रशिक्षकबाट राजीनामा दिएको खड्काले बताएका छन् ।
समग्र प्रतियोगताले नेपालको स्ट्राइकिङ जोनमा अझै सुधार गर्नुपर्ने देखिएको वताउँदै खड्काले फाइनलमा नेपालले पाएको अवसरलाई सदुपयोग गर्न नसकेको गुनासो गरेका छन् ।