नेपालगञ्ज । बाँकेको कोहलपुरमा कफ्र्यु आदेश जारी नभएको जिल्ला प्रशासन कार्यालयले स्पष्ट गरेको छ । कोहलपुरका केही स्थानमा निषेधित क्षेत्र मात्र घोषणा गरिएको निमित्त प्रजिअ कृष्णप्रसाद उपाध्यायले बताएका छ ।
आइतबार कोहलपुरस्थित त्रिभुवन माविकी छात्रा प्रकृति चन्दलाई ना२ख ९४५९ नंको ट्रकले किचेपछि विद्यार्थी समूह र स्थानीयवासीको विरोधका कारण कोहलपुर क्षेत्रमा तनाव उत्पन्न भएको थियो ।
तनावको अवस्थालाई मत्थर पार्न र कुनै ठूलो दुर्घटना हुन नदिन कोहलपुरको केही स्थानमा निषेधित क्षेत्र घोषणा गरिएको जिल्ला प्रशासन कार्यालयले हिजै जारी गरेको सूचनामा उल्लेख छ ।