काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता नेपालले २९ स्वर्ण पदक हात पारिसकेको छ । बुधबार सक्षम कार्कीले तेक्वान्दोमा स्वर्ण जितेसँगै नेपालले २९ स्वर्ण पदक जितेको हो ।
८७ केजीमाथिको तौल समूहमा उनले पाकिस्तानका अक्वर अली शाहलाई २७–९ ले पाखा लगाउँदै स्वर्ण जितेका हुन् ।
मंसिर २४ गतेसम्म चल्ने खेलकुदमा अन्य विभिन्न विधाका खेलहरु जारी छन् । नेपालले स्वर्ण तथा अन्य पदक संख्या बढाउँदै गएको छ । स्वर्ण पदक मात्रै ५० भन्दा बढी प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ ।
कसकसले जिते स्वर्ण
१.कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ
२.कराते (टिम काता, पुरुष ) – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर
३.कराते (टिम काता ,महिला)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की
४.कराते (५५ केजी) – लक्ष्मण तामाङ
५.कराते(८४ केजीमाथि)–विप्लवलाल श्रेष्ठ
६.कराते (४५ केजी मुनी)– कुसुम खड्का
७.कराते (५० केजी मूनि) अनु अधिकारी
८.कराते (६७ केजी) नवीन रसाइली
९.कराते (६८ केजी)– सुनिता महर्जन
१०.कराते (६८ केजी)– अनुपमा मगर
११.तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ
१२.तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु
१३.तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ
१४.तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य
१५.तेक्वान्दो पुम्से (२९ वर्ष माथि )( आयशा शाक्य र सञ्जिकुमार पाण्डे
१६.पुम्से महिला टिम (१७–२३ वर्ष) – निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना
१७.पुम्से महिला टिम (२३–२९ वर्ष) – निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई
१८. तेक्वान्दो (४६ केजी मुनि)– काजल श्रेष्ठ
१९. तेक्वान्दो (६८ केजी मुनि) – वीरबहादुर महरा
२०.ट्रायथलन – सोनी गुरुङ
२१.डुवाथोलन – हिमाल टमाटा
२२. उसु (थाउलो) – विजय सिन्जाली
२३. उसु (थाउलो) – सुस्मिता तामाङ
२४. उसु (थाउलो)– दीपक हमाल
२५.एथलेटिक्स (१० हजार मिटर)– सन्तोषी श्रेष्ठ
२६. साइक्लिङ (डाउनहिल) – राजेश मगर
२७. साइक्लिङ (डाउनहिल) – निश्मा श्रेष्ठ
२८. तेक्वान्दो (गेरोगी स्पर्धा) – संगीता बस्याल
२९.तेक्वान्दो- सक्षम कार्की