काठमाडौँ, । १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले हालसम्म २० स्वर्ण हात पारेको छ । सोमबार पहिलो दिन नै १५ स्वर्ण जितेको नेपालले दोस्रो दिन कराँते, ऊसु, डुवाथोलन र एथलेटिक्समा स्वर्ण जित्दै २० स्वर्ण पु¥याएको हो ।
एथलेटिक्समा निर्धारित दुरी ३५ मिनेट ७.९५ सेकेन्डमा पूरा गर्दै नेपालको सन्तोषी श्रेष्ठले स्वर्ण जितेकी छिन् । उनले भारतकी पविता यादालाई मात्र एक मिलीसेकेन्डले उछिन्दै स्वर्ण हात पारेकी हुन् ।
आज भएको उसुको खेलहरुमा थाउलो तर्फ विजय सिञ्जाली र थाउलो महिला तर्फ सुस्मिता तामाङले स्वर्ण पदक दिलाएकी छिन् । नविन रसाइलीले ६७ केजी समूहमा कराँते तर्फ स्वर्ण पदक जितेका छन् । उनले पाकिस्तानका अहमेद नासिरलाई ८–६ ले हराएका छन् । नविनले बङ्गलादेशका मोहम्मद फर्दुसलाई ८–२ ले हराएर फाइनलमा प्रवेश गरेका थिए । सोमबार पहिलो दिन ९ स्वर्ण पदकको लागि भएको स्पर्धामा कराँतेतर्फ नेपालले सात स्वर्ण पदक र दुई रजत पदक जितेको थियो ।
मङ्गलबार नै डुवाथोलनमा लक्ष्मण मल्लले रजत पदक दिलाएका छन् । एथ्लेटिक्स १५ सय मिटरको दौडमा टंक कार्कीले कास्य पदक जितेका छन् ।