काठमाडौँ । प्रभु बैंक लिमिटेडको शाखा काठमाडौँ महानगरपालिका वडा नं. ०८ गौशालास्थित पिङ्गलास्थानमा खुलेको छ । बैंकको पिङ्गलास्थानमा शाखा कार्यालयको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. प्रदीप ढकालले बिहीबार उद्घाटन गरेका हुुन् ।
उक्त शाखा कार्यालयको उद्घाटन गर्दै प्रमुख अतिथि ढकालले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ पहुँच नपुगेको ठाउँमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहजरूपमा बैंकिङ सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको तथा प्रभु बैंकको यो अभियानले बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउँदै प्रभु बैंकलाई सफलताको लागि शुभकामना व्यक्त गरे ।
बैंकको पिङ्गलास्थान शाखा कार्यालय उद्घाटन कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, स्थानीयव्यापारी,बुद्धिजिवीलगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो । उक्त शाखाबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा प्रवाह हुने भएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरू, व्यावसायिक फर्म, कम्पनी तथा संघसंस्थाहरूले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र आर्थिक कारोबारमा सहजता थप बढाउने बैंकले विश्वास लिएको छ ।