काठमाडौं । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा भएको बुधबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुने १९ जनाकै सनाखत भएको छ । १७ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार सनाखत भएका ११ जनाको शव पोष्टमार्टमपछि आफन्तले बुझिसकेका छन् भने ८ जनाको शव बुझाउन बाँकी छ । दुर्घटनामा १० जना घाइते मध्ये ६ जनाको अवस्था गम्भीर छ । घाइतहरुको बुटवल, भैरहवा, ललितपुरमा उपचार भइरहेको छ ।
सन्धिखर्कबाट बुटवल जाँदै गरेको लु२ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको थियो । नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी तथा स्थानीयवासी उद्धार कार्यमा खटेका थिए ।
बस सडकबाट झण्डै तीन सय मिटर तल खसेको थियो ।