काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेडले तीन ठाउँमा तीन शाखा थप गरेको छ । बैंकले बुधबार दिपायलको सिलगढी नगरपालिका वडा नं. ४, पिपल्ला बजार, डोटी, भिमेश्वर नगरपालिका वडा नं. २ चरिकोट दोलखा र सिद्धार्थनगर नगरपालिका वडा नं. १, भैरहवा, रूपन्देहीस्थित विशेष औद्योगिक क्षेत्र परिसरमा शाखा सञ्चालनमा ल्याएको हो ।
तीन शाखा थपिएसँगै शाखा कार्यालयहरूको संख्या एक सय ५३ पुगेको बैंकले जनाएको छ । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकहरूमाझ बैंकिङ सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।