जनकपुरधाम । एनएमबी बैंकले सरसफाइमा सहयोग हुने उद्देश्यले जानकी मन्दिरलाई डस्टबिन उपलब्ध गराएको छ । विवाहपञ्चमीको अवसर पारेर बैंकले एक कार्यक्रमका बीच ठूलो साइजको १२ थान डस्टबिन जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवलाई हस्तान्तरण गरेको हो ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जानकी मन्दिर परिसर, जनकपुरलाई १२ थान डष्टबिन प्रदान गरेको बैंकका प्रदेश २ का प्रदेश प्रमुख जानकारी दिएका छन् । फोहर संकलन गर्ने भाँडो (डस्टबिन) हस्तान्तरण कार्यक्रममा बैंकका निक्षेप प्रबन्धक मिथिलेश कुमार झालगायतका कर्मचारीहरुको उपस्थिति रहेको थियो । जानकी मन्दिरलाई युनेस्कोकोे विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रयास भइरहेकोबेला मन्दिर परिसरको सरसफाई, सामाजिक विकासको महत्वपूर्ण पक्ष भएकोले बैंकले जानकी मन्दिरलाई सहयोग गरेको र भविष्यमा पनि यस प्रकारको सहकार्य गर्दै बैंकले प्रतिबद्धता व्यक्त गरेको छ ।