विराटनगर । प्रभु बैंकले जिल्ला प्रशासन कार्यालय मोरङमा एक्स्टेन्शन काउन्टर सञ्चालनमा ल्याएको छ । आर्थिक अनुशासन कायम गराउन र आर्थिक रुपमा कर्मचारीले व्यहोर्ने जोखिम कम गर्न सो काउन्टरले मद्दत गर्ने विश्वास गरिएको छ ।
काउन्टरको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी मदन भुजेलले नवस्थापित बैंकको काउन्टरबाट सरकारी सेवा सरल, सहज, पारदर्शी हुने बताए ।
बैंकका प्रदेश प्रमुख लेखराज कार्कीले काउन्टरबाट सरकारी कार्यालयलाई मात्र नभएर स्थानीय जनतालाई पनि सेवा दिन सकिने बताए ।
प्रभु बैंकको देशभरमा १९६ शाखा र ३७ एक्स्टेन्शन काउन्टर छन् । देशभरमा विभिन्न भन्सार कार्यालयमा १०, मोरङमा चार, झापामा चार, इलाममा एक र सुनसरीमा एक वटा सो काउन्टर रहेको बंैँकका प्रदेश प्रमुख कार्कीले जानकारी दिएका छन् ।