झापा । प्रभु बैंकले झापा जिल्लाको भद्रपुरनगरपालिका चन्द्रगढिस्थित जिल्ला प्रशासन कार्यलयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । सो एक्स्टेन्सन काउण्टरको उद्घाटन सोमबार सहायक प्रमुख जिल्ला अधिकृत कृष्ण कुमार निरौलाले एक समारोहका बीच गरेका छन् ।
नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले झापा जिल्ला प्रशासन कार्यलयमा पनि आप्mनो सेवा विस्तार गर्न सफल भएको हो ।
प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज र सरल हुने विश्वास लिइएको प्रभु बैंकले जनाएको छ ।