काठमाण्डौँ ,साउनको पहिलो साता कालिकास्थानमा रहेको द एड्रेस लाउन्च एण्ड बारमा उद्योगी व्यवसायीहरुको एउटा चत्र्तिकला हेर्न लायक थियो, जसको आयोजना गरेकी थिइन् नेपाल उद्योग वाणिज्य महासंघकी केन्द्रिय सदस्य जोष्ना श्रेष्ठले त्यहाँ नेपालका नीजि क्षेत्र हाँक्ने प्राय सबै हस्तीहरु रसीयन तरुनी र रक्सीमा मस्त देखिन्थे । अहिले आर्थिक क्षेत्रको बहस चलाउनु पर्ने बेलामा काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर भन्ने उखान चरितार्थ भएको छ । यसले नेपालको नीजि क्षेत्र पश्चिमा संस्कृति मौलाउन लागिपरेको देखिन्छ । हामीले हाम्रो संस्कृति परम्परा, रीतिरिवाजलाई तिलाञ्जली दिएर कुन सभ्यता र संस्कृति भित्राउन खोजेका छौँ ? नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व गरिरहेकी भवानी राणाले यस्तो कुराहरुमा ख्याल गर्नु पर्ने होईन र ?
भवानी राणाको छोराले नायिका साम्राज्ञीसंगको रोमान्स तस्वीर मिडियामा भाईरल भएर सेलाउँन नपाउँदै यस्ता खालका हर्कतहरु देखिनु उनका लागि पक्कै पनि राम्रो कुरा होईन । उक्त लाउन्च एण्ड बारमा भवानी राणा सहित शेखर गोल्छा, प्रवलजंग पाण्डे, पशुपति मुरारका, भवानी राणाका पति तथा नर्भिक हस्पीटलका डा. लगायतको उपस्थिती थियो । मध्यरात सम्म चलेको यो हर्कत शैलीले नीजिक्षेत्र भित्र गम्भीर बहसको विषय बनेको छ । यी र यस्ता खालका तस्वीरहरुले उनीहरुको व्यक्तित्वको खिल्ली उडाइरहेको छ । महासंघको वर्तमान नेतृत्व र भावी नेतृत्व कहाँ र कता जादैँछ भन्ने यसले पुष्टि गरेको छ ।यस्तो नेतृत्वबाट भावी पुस्तालाई कता डो¥याउला भन्ने चिन्ता आम मानिसमा परेको छ ।