तम्घास, गुल्मीको सत्यवती गाउँपालिका–३ अन्तर्गत ठूलोलुम्पेकस्थित सिङ्दीमा पहिरोबाट विस्थापित बनेकालाई नेपाली सेनाको हेलिकप्टरबाट पहिरो प्रभावित क्षेत्रमा खाद्यान्न पु¥याइएको छ ।
नेपाली सेनाको हेलिकप्टरले सदरमुकाम तम्घासबाट गुल्मी उद्योग वाणिज्य सङ्घले उपलब्ध गराएको एक हजार किलो चामल, एक सय किलो दाल, खाने तेल, नुन, सोयाबिन, चिउरा, चिनी र सुत्केरीका लागि ‘ल्याक्टोजिन’ प्रभावित क्षेत्रमा आज पु¥याइएको वीरभद्र जङ्ग गुल्मका गुल्मपति सेनानी रवीन्द्र महर्जनले बताउनुभयो ।
त्यस्तै हेलिकप्टमार्फत काठमाडौँबाट ल्याइएको २७० ब्ल्याङ्केट र ३१० थान लगाउने कपडा, रेडक्रसबाट ५० थान त्रिपाल, जिल्ला प्रशसनबाट कपडा, फलामको काँटी, हेम्बर, गुल्मी अस्पतालबाट जीवनजल, गज, सिटामोल, ग्लोब र अन्य औषधिसहित २३ क्विन्टल राहत सामग्री प्रभावित क्षेत्रमा पु¥याइएको छ ।
पहिरो प्रभावित क्षेत्रमा सडक अवरुद्ध बनेपछि खाद्यान्नको अभाव हुँदै जान थोपछि तत्कालको समस्या समाधान गर्न हेलिकप्टरबाट खाद्यान्न पु¥याइएको गुल्मीका प्रजिअ यदुनाथ पौडेलले बताउनुभयो । सेनाको हेलिकप्टरले आज दुई चरणमा खाद्यान्नलगायत अत्यावश्यक राहत सामग्री लगेको थियो ।
यसअघि सत्यवती–४ को पहिरो प्रभावित क्षेत्र लिम्घामा पनि सेनाको हेलिकप्टरबाट खाद्यान्न पु¥याइएको थियो ।
विस्थापितलाई अस्थायी आवास
सत्यवती गाउँपालिका–३ अन्तर्गत सिङ्दी र त्यस क्षेत्र वरिपरिका पहिरो पीडितका लागि सुरक्षा निकायको सहयोगमा अस्थायी आवास निर्माण शुरु गरिएको छ ।
सिङ््दी र त्यस वरिपरिका पहिरो पीडितलाई लक्षित गरेर अस्लेवाको देउडाँडा र ठूलो लुम्पेकको देउरालीमा पूर्णरुपमा घर नष्ट भएका १८ घरपरिवारका लागि अस्थायी आवास निर्माण गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताउनु भएको छ ।
अस्थायी आवास बनाउन सेनाको वीरभद्र जङ्ग गुल्म, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी २५ जनाको टोली परिचालन भएको वीरभद्र जङ्ग गुल्मका सेनानी रवीन्द्र महर्जनले जानकारी दिनुभयो । गत साता सत्यवतीको ठूलोलुम्पेक र लिम्घामा गएको पहिरोका कारण एक हजार २६० जनाभन्दा बढी व्यक्ति प्रत्यक्ष रुपमा प्रभावित बनेको प्रजिअ पौडेलले बताउनुभयो ।
गुल्मीको सत्यवतीको ठूलोलुम्पेक र लिम्घामा सिङ्गो गाउँ नै पहिरोबाट प्रभावित बनेपछि विस्थापितहरुको पुनर्वासका लागि सुरक्षित आवास निर्माण गर्न गाउँपालिकाले घटनाको क्षति विवरण र पीडितहरुको नामावली सङ्कलन गर्न शुरु गरेको सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिनुभयो । त्यस क्षेत्रमा विभिन्न राजनैतिक दल, गाउँपालिका, नगरपालिका, स्वदेश तथा विदेशका विभिन्न सङ्घसंस्थाले राहत उपलब्ध गराउन शुरु गरेका छन् । रासस