लुम्बिनी, राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार लुम्बिनीमा लुम्बिनी भ्रमण वर्ष २०७६ को शुभारम्भ गरेकी छन् । २५६३औँ बुद्ध जयन्तीको अवसरमा ‘लुम्बिनी भ्रमण वर्ष’को शुभारम्भ गरिएको हो । समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले ‘लुम्बिनी भ्रमण वर्ष’ले नेपालको पर्यटनलाई थप टेवा दिने बताइन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राष्ट्रसंघले बुद्धवादको महत्वलाई आत्मसात गर्दै बुद्ध जयन्तीको सन्दर्भमा वेशाक डे भनी नामाकरण गरिसकेको परिवेशमा बुद्धका शिक्षाहरु संस्थागत रुपमै तीब्ररुपमा अन्तर्राष्ट्रियकरण भैरहेकोमा सबैले गर्व गर्नु पर्ने बताउनभुयो ।
२५६३ औ बुद्धजयन्ती मूल समारोह तथा प्रदेश ५ को सरकारले सुरु गरेको लुम्विनी भ्रमण बर्ष २०७६ को आज लुम्विनीमा उदघाटन गर्दै उहाले विश्व वन्धुताको भावना जागृत गर्न बौद्ध जयन्तीले विशेष भुमिका खेलको बताउनु भयो । उहाँले दिगो शान्ती विकास विना विकास संभव नभएको भन्दै प्रदेशको उन्नत्ती र प्रगतीलाई पर्यटनले मुख्यभूमिका खेल्नेमा जोड दिनु भयो । राष्ट्रपती भण्डारीले विश्वका बौद्धमार्गीलाई बुद्धको जन्मभूम लुम्बिनी भ्रमण गर्न आउन अनुरोध समेत गर्नु भयो । ।
शान्ती, अहिंसा र करुणाको पर्वको रुपमा बौद्धजन्म जयन्ती रहेको बताउदै उहाँले ‘विश्वमा शान्ति, परोपकार र अहिंसाको सन्देश फैलाउन बुद्धका अमृतमय उपदेश र शिक्षालाई प्रचार प्रसार गरी सम्पूर्ण मानवजातिको कल्याण गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । ‘सामाजिक साँस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गरी राष्ट्रिय एकतालाई सुदृढ तुल्याउन र विश्वभरका बौद्धमार्गी एवम् शान्तिप्रेमी समुदाय बीच समन्वय कायम गरी विश्व वन्धुत्वको भावना जागृत गर्न आजको दिन प्रेरणादायी हुनेछ’ राष्ट्रपति भण्डारीको भनाई थियो ।
कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले ‘दैनिक उपभोग्य गुणस्तरीय सामग्री स्वदेशमैे उत्पादन गरी पर्यटकलाई खुसी तुल्याउन सम्बद्ध निकाय अग्रसर हुनु पर्नेमा जोड दिनुभयो ।