भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौं र पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओली शर्माबीच भेटघाट भएको छ । बिहीबार सुष्मा नेपाल आइपुगेकी हुन् ।
सुष्माको स्वागत तथा सम्मानका लागि एमालेले बिहीबार नै सोल्टी होटलमा रात्रीभोज आयोजना गरेको छ ।
बिहीबार नै एमालेको पार्टी एकता संयोजन समितिको बैठक बसेको थियो । सो बैठकपछि एमाले उपाध्यक्ष बामदेव गौतमले सुष्मा स्वराज छिमेकी देशको नेता भन्दै हाम्रो पाहुना भनेका थिए ।
त्यस्तै, भावी प्रधामन्त्रीको दावेदार समेत रहेका ओलीले समेत स्वराज एमालेकै पाहुना बताएका थिए । स्रोतका अनुसार एमाले अध्यक्ष ओलीसँग परामर्श गरेरै स्वराज यहाँ आएकी हुन् ।
विहीबार बालकोट बैठकमा ओलीले गरेको रिपोटिङ अनुसार ओलीले मोदीसँगको फोनमा भनेका रहेछन्, ‘धेरै कुरा के गर्नु, तपाईको प्रतिनिधि पठाउनुस् ।’
भारतले कर्मचारी पठाए स्वीकार्य नहुने ओलीले मोदीलाई प्रष्ट संकेत गरेका कारण मोदीले विशेष दूतका रुपमा विदेशमन्त्रीलाई पठाएको एक नेताले बताए । स्वराजलाई नेपाल पठाएपछि ओलीलाई प्रधानमन्त्रीका रुपमा स्वागत गर्न पनि सहज हुने भारतीय बुझाइ रहेको बताइन्छ ।
तर, वाम गठबन्धनका शीर्ष नेताहरुको बैठकमा स्वराज किन आइन् होला भन्ने चर्चा भएको नेताहरुले बताएका छन् । सुरुमा ईश्वर पोखरेलले सुष्माको भ्रमणबारे चासो राखेपछि ओलीले भारतीय प्रधानमन्त्रीसँगको कुराकानीपछि आफूले नै प्रतिनिधि पठाउनोस् भनेको जानकारी गराएका थिए ।
उनको प्रष्ट संकेत थियो, वाम गठबन्धनले स्वराजको भ्रमणलाई शंकाको नजर नै हेरेको छ ।

























