![k|wfgdGqL b]pjf / cfof]usf kbflwsf/LaLr 5nkmn k|wfgdGqL z]/axfb'/ b]pjf laxLaf/ lgjf{rg cfof]usf kbflwsf/Lx?;Fu bf];|f] r/0fsf] :YffgLo txsf] lgjf{rg;DaGwL ljifodf 5nkmn ub}{ . tl:a/ M /f]zg ;fksf]6f, /f;;](http://www.margadarsannews.com/wp-content/uploads/2018/01/Deuba-Yadav-257x150.jpg)
काठमाडौँ, सरकारले राष्ट्रियसभाको निर्वाचन आगामी माघ २५ गते तोक्ने तयारी गरेको जनाएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवबीच साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा राष्ट्रियसभा निर्वाचनको मिति तोक्ने बारेमा छलफल भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
सो भेटमा प्रमुख निर्वाचन आयुक्त यादवले राष्ट्रियसभाको निर्वाचन माघ २५ गते गर्ने गरी मिति घोषणा गर्न उपयुक्त हुने सुझाव दिनुभएको प्रधानमन्त्रीका निजी सचिव बद्रीप्रसाद तिवारीले राससलाई जानकारी दिनुभयो ।
सो अवसरमा प्रधानमन्त्री देउवाले निर्वाचन आयोगकै परामर्शबमोजिम माघ २५ गते निर्वाचन हुने गरी मिति तोकिने जानकारी गराउनुभएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

























