गुल्मी,नेकपा (एमाले)का सचिव एवं गुल्मी क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य प्रदीपकुमार ज्ञवालीले वर्तमान कामचलाउ सरकारले नयाँ संविधानको अपव्याख्या गरेर नयाँ सरकार बन्ने ढोका अवरुद्ध गर्न खोजेको आरोप लागाउनु भएको छ ।
तीन वर्षअघि गुल्मीको बलेटक्सारमा स्थापना भएको पैँचो पसल प्रालिको तेस्रो वार्षिकोत्सवलाई सम्बोधन गर्दै उहाँले गरिबका छोराछोरीले भोटो फेर्न नसक्ने तर नेपालमा पटकपटक सरकार फेरिएको फेरियै गरेको अवस्थामा बलियो र स्थिर सरकार बनाउन वाम गठबन्धनलाई जनताले बहुमत दिएर पठाएको हो भन्नुभयो ।
अब बन्ने नयाँ सरकारले जनताले गरेको आशा र भरोसालाई रत्तिभर पनि कमजोर हुन नदिने उहाँको भनाइ थियो ।
उहाँले सरकारलाई दूरगामी महत्वका कुनै पनि निर्णय नगर्न आग्रह गर्नुभयो ।