![;Gtg]tf e§f/fO{sf] hGdhoGtL ;Gtg]tf s[i0fk|;fb e§f/fO{sf] ($cf}F hGdhoGtLsf] cj;/df nlntk'/sf] af8]ufpFdf zlgaf/ cfof]lht sfo{qmddf g]skf Pdfn]sf cWoIf s]kL zdf{ cf]nL, g]kfnL sfFu|];sf g]tf k|sfzdfg l;+xnufot . tl:a/ M k|bLk/fh jGt, /f;;](http://www.margadarsannews.com/wp-content/uploads/2017/12/1514026802363_PRO_KTM_20171223_IMG_8179-257x150.jpg)
ललितपुर, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दलहरुको सहमतिमा नै संविधान लेखिएकाले संविधानमा लेखिएको चुनावी प्रणाली मान्दिन भन्न नमिल्ने बताउनुभएको छ ।
सन्त नेता कृष्णप्रसाद भट्टराईको ९४औँ जन्मोत्सवका अवसरमा आयोजित कार्यक्रममा उहाँले नेपाली काँग्रेसतर्फ लक्षित गर्दै खेल सकिएर एउटाले जितेर विजयको हात हल्लाएपछि अर्काेले खेलको नियम मान्दिन भन्न नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी आफैँले बनाएको प्रणालीलाई सर्वस्वीकार्य बनाउनुपर्छ ।”
आफू शासक नभएको र आफूमा कुनै पनि खालको दम्भ नभएको अध्यक्ष ओलीले दाबी गर्नुभयो । एउटा सामान्य किसान परिवारमा जन्मे हुर्केको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “म कुलघरानाको होइन, घाँस काटेर, भकारो सोहोरेर हुर्किएको हो, ममा कुनै दम्भ छैन ।”
अध्यक्ष ओलीले कृष्णप्रसाद भट्टराईले एउटा युग र परिवर्तनको नेतृत्व गरेको स्मरण गर्नुभयो । राणाकालको कष्टकर समयमा समेत परिवर्तनका लागि लागेको भन्दै उहाँले भट्टराईको प्रशंसा गर्नुभयो ।
उहाँले भन्नुभयो, “अप्ठेरो समयमा पनि भट्टराईले समयको साक्षी मात्रै होइन त्यो समयलाई अघि बढाउन भूमिका पनि खेल्नुभयो ।” नागरिकले आफ्नो देशप्रति गर्व गर्दा मात्रै देश अघि बढ्नसक्ने उहाँको जिकिर थियो ।
नेपाली काँग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले नेपाली काँग्रेससँग जनताको आकांक्षा धेरै भएको औँल्याउनुभयो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरीले एमाले अध्यक्ष ओलीले पार्टीभित्र र प्रतिपक्ष दुवैलाई मिलाएर लानुपर्नेमा जोड दिनुभयो ।
प्रा डा जगमान गुरुङले सन्त नेता कृष्णप्रसाद भट्टराईबाट अहिलेका नेताहरुले धेरै कुरा सिक्नसक्ने बताउनुभयो ।
प्रतिष्ठानका सदस्य आनन्द स्वामीले स्पष्टता र राष्ट्रियताका सवालमा सन्त नेता भट्टराई र अध्यक्ष ओलीबीचमा समानता भएको बताउनुभयो ।
























