काठमाडौँं,नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विगतमा नेपाली काँग्रेसको नेतृत्वमा सरकार सञ्चालन हुँदा मुलुकमा निजीकरणका नाममा ३८ उद्योग धराशायी भएको जिकिर गर्नुभएको छ ।
एमाले काठमाडौँ निर्वाचन क्षेत्र नं ३ चुनाव कमिटीले आज बौद्धमा आयोजना गरेको चुनावीसभामा पूर्वप्रधानमन्त्री ओलीले देशमा उद्योग सकिई रोजगारीको अवसर नहुँदा अहिले ४० लाख युवा विदेशिएर मरुभूमिमा भेडाबाख्रा चराउन बाध्य भएकामा चिन्ता व्यक्त गर्नुभयो ।
नेता ओलीले भन्नुभयो, “ एमाले दल चुनाव लड्ने र सरकार बनाउने काममा मात्र सीमित नरही राष्ट्रिय स्वाधीनताको संरक्षण र जनताको स्वाभिमानलाई उँचो राख्न पनि प्रतिबद्ध छ । ”
अध्यक्ष ओलीले ‘देशमा पटक पटक बहुमत ल्याएर पनि नेपाली काँग्रेसले सुशासन र राजनीतिक स्थिरता प्रदान गर्न नसकेकाले’ अब वाम गठबन्धनलाई बहुमत दिन जनतालाई आग्रह गर्नुभयो ।
सो अवसरमा स्थानीय समाजसेवी देवकुमार लामाको नेतृत्वमा केही व्यक्ति एमालेमा प्रवेश गरेका थिए ।
![cWoIf cf]nL r'gfjL;efdf g]skf -Pdfn]_ sf cWoIf s]kL zdf{ cf]nL Pdfn] sf7df8f}F lgjf{rg If]q# r'gfj sld6Ln] cfOtaf/ af}4df cfof]hgf u/]sf] r'gfjL;efnfO{ ;Daf]wg ub}{ . tl:a/ M gjLg kf}8]n, /f;;](http://www.margadarsannews.com/wp-content/uploads/2017/11/1511692160190_NP_KTM_20171126__MG_0147-225x150.jpg)

























