![emfkfsf] latf{df]8df /x]sf] ljP08;L c:ktfnåf/f cfofl]ht k"jf{~rn :jf:Yo dxf]T;jsf] pb3f6gsf nflu c:ktfn kl/;/ hfFb} g]skf -Pdfn]_sf cWoIf s]kL zdf{ cf]nL . tl:j/ – ;'/]Gb| e08f/L÷ /f;; -;'?ªuf_ emfkf](http://www.margadarsannews.com/wp-content/uploads/2017/11/1511016863321_SB_Jhapa_20160419_BC-Hospital1-200x150.jpg)
झापा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचनपछि वामपन्थीको सरकार बन्ने दाबी गर्नुभएको छ ।
आज झापाको बिर्तामोडमा रहेको बिएण्डसी अस्पतालको आयोजनामा शुरु भएको पूर्वाञ्चल स्वास्थ्य महोत्सवको उद्घाटनपछि उहाँले यस्तो दाबी गर्नुभएको हो । वामपन्थीको सरकार देश र जनताका लागि हो भन्दै अध्यक्ष ओलीले जनतालाई अधिकार सम्पन्न र समृद्ध बनाउन यस्तो सरकार आवश्यक भएको धारणा व्यक्त गर्नुभयो ।

जनताका आकांक्षा पूरा गर्न आफूहरु एक भएर अघि बढेको उहाँको भनाइ थियो ।
प्रस्तावित मेडिकल कलेजका रुपमा रहेको बिएण्डसी अस्पतालको पूर्ण सफलताको कामना पनि उहाँले गर्नुभयो ।
विकास निर्माणले गति लेओस् – प्रचण्ड
त्यस्तै, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा बलियो र स्थिर सरकार बन्न नसक्दा राष्ट्र र जनताका पक्षमा काम गर्न नसकिएको बताउनुभयो ।
उहाँले वाम गठबन्धनमार्फत राष्ट्रमा एउटा बलियो स्थिर सरकार बनोस् र त्यस्तो सरकारसँगै विकास निर्माणले गति लेयोस् भन्नुभयो ।
उहाँले भन्नुभयो – “म प्रधानमन्त्री हुँदा धेरै मेहनत गर्दा पनि यो अस्पताललाई सम्बन्धन दिन नसकेको सत्यको एउटा साझेदार म पनि हुँ ।























