![/fli6«o ;'/Iff uf]i7L k|wfgdGqL s]kL zdf{ cf]nL /Iff dGqfno / /fli6«o ;'/Iff kl/ifbåf/f ;+o'Qm?kdf laxLaf/ sf7df8f}Fdf cfof]hgf u/]sf] /fli6«o ;'/Iff uf]i7Ldf ;Daf]wg ub}{ . tl:a/ M k|bLk/fh jGt, /f;;](http://www.margadarsannews.com/wp-content/uploads/2017/11/माओवादी_केन्द्र_समाप्त_हुने_ओलीको_चेतावनी4015-225x150.jpg)
विराटनगर, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक अभ्यासलाई बिथोल्न वाम गठबन्धनका उम्मेदवारमाथि सांघातिक आक्रमण भइरहेको बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उहाँले उम्मेदवारलाई सुरक्षित एवं निर्वाध रुपमा निर्वाचनको कार्यक्रममा सहभागी हुन सरकारले सुरक्षाको व्यवस्था मिलाउनुपर्ने बताउनुभयो ।
उहाँले मुलुकको विभिन्न स्थानमा वाम गठबन्धनका उम्मेदवार माथि सांघातिक आक्रमण हुँदा वर्तमान सरकार मौन बसेको आरोप लगाउँदै वर्तमान सरकार नै निर्वाचनको मिति पर सार्न लागिपरेको उल्लेख गर्नुभयो ।
एक प्रश्नको जवाफमा उहाँले सरकारले खुल्ला रुपमा राज्यकोष दुरुपयोग गरी निर्वाचनलाई प्रभावित गर्ने कार्य भइरहेकोे बताउँदै निर्वाचनपछि बन्ने सरकारले यसबारे छानबीन गर्ने र दोषीमाथि कारबाही हुनेछ भन्नुभयो ।
एमाले अध्यक्ष ओलीले सरकारबाट निर्वाध रुपमा निर्वाचन आचारसंहिता उल्लंघन हुँदा पनि निर्वाचन आयोगले प्रभावकारी ढंगले अनुगमन कार्य नगरेको विचार व्यक्त गर्नुभयो ।
उहाँले आगामी निर्वाचन पश्चात बन्ने वाम गठबन्धनको सरकारले भ्रष्टाचार नियन्त्रण गरी विकासको प्रतिफल जनतासम्म पु¥याउने दाबी गर्नुभयो ।
























