![/fi6«klt ljBfb]jL e08f/L, pk/fi6«klt gGbaxfb'/ k'g, k|wfgdGqL z]/axfb'/ b]pjf;Fu ;fd"lxs tl:a/ lvrfpFb} gjlgo'Qm lj1fg tyf k|ljlwdGqL bLks af]x/f, jg tyf e"–;+/If0fdGqL ljqmd kf08] / pBf]udGqL ;'lgnaxfb'/ yfkf . tl:a/ M /Tg >]i7, /f;; .](http://www.margadarsannews.com/wp-content/uploads/2017/09/1505117141199_RS_KTM_20170911__MG_8264-225x150.jpg)
राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त तीन मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ ।
शीलतनिवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का तर्फबाट सरकारका नवनियुक्त विज्ञान तथा प्रविधि मन्त्री दीपक बोहरा, वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डे र उद्योग मन्त्री सुनीलबहादुर थापालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्रीहरु, संवैधानिक अंगका प्रमुखहरु, मुख्यसचिव, सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको पाँचौँपटक मन्त्रिमण्डल विस्तार भएको हो ।
























