![;+ljwfg;efdf 5nkmn ;+ljwfg;efsf] laxLaf/sf] a}7sdf g]kfnsf] ;+ljwfgsf] kl/dflh{t ljw]os, @)&@ dfly ;ef;bx?n] /fVg'ePsf] ;+zf]wg k|:tfjdf bkmfaf/ 5nkmndf efu lnFb} ;ef;b . tl:a/ M /Tg >]i7, /f;;](http://www.margadarsannews.com/wp-content/uploads/2017/09/Bhim-rawal-257x150.jpg)
व्यवस्थापिका–संसद्को आजको बैठक शुरु हुनेबित्तिकै समय माग गरी नेकपा एमालेका सांसद भीमबहादुर रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले हालै आफ्नो भारत भ्रमणका क्रममा संविधान संशोधन सम्बन्धमा दिनुभएको वक्तव्यप्रति आपत्ति जनाउनुभयो ।
उहाँले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी प्रस्तावित विधेयकका बारेमा सदनसमक्ष प्रमले जानकारी दिन माग गर्दै निर्वाचन घोषणा भइसकेको अवस्थामा कर्मचारी सरुवा÷बढुवा गरेकामा विरोध जनाउनुुभयो ।
नेकपा९एमाले०का उपाध्यक्षसमेत रहनुभएका रावलले लोकतन्त्रको मूल्य मान्यताविपरीत सरकारले गृह प्रशासन सञ्चालन गरेको आरोप लगाउँदै लोकतन्त्र स्वेच्छाचारीरुपमा चल्न सक्दैन, विधि नियमबाट सञ्चालन गर्नुपर्छ भन्नुभयो ।
यसपछि सभामुख ओनसरी घर्तीले यसका बारेमा के भएको हो जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
























